सरकारसगँ वार्ताको लागि सकारात्मक रहेको विप्लवको घोषणा



काठमाण्डौं,फागुन ८ । प्रतिवन्ध लागेको करीब दुई वर्ष पुरा हुँदै गर्दा विद्रोही नेकपा राज्यप्रति नरम बन्दै गएको छ । यसअघि वार्ताका लागि विभिन्न शर्तहरु राखेको नेकपाले पछिल्लो समयमा भने वार्ताको लागि सकारात्मक रहेको घोषणा गरेको छ ।

केही दिन अघि मात्रै विप्लव नेतृत्वको नेकपा सहित चार दलले रणनीतिक मोर्चा निर्माण गरेका थिए । शनिबार पार्टी महासचिव नेत्र विक्रम चन्द विप्लवले छोटो विज्ञप्ति जारी गरी आफ्नो पार्टी सरकारसगँ संवाद र वार्ताको लागि सकारात्मक रहेको घोषणा गरेका छन् ।

विज्ञप्तिमा भनिएको छ, हाम्रो क्रान्ति राष्ट्र, समाज, अग्रगामी रुपान्तरण एवं जनसमुदायको हित र अधिकारका लागि गरिएको सचेत पहल हो । यसको प्रकृयामा आम जनसमुदायमा सहज गतिविधि र कार्यक्रम गर्ने वातावरण बन्ने अवस्थामा हाम्रो पार्टी सरकारसगँ संवाद र वार्ताको लागि रहेको बिषय सबैमा जानकारी गराउदछौँ ।” भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्