प्रधानमन्त्री ओलीलाई विराटनगर विमानस्थल छेउमै कालो झण्डा देखाए प्रचण्ड माधव समुहका युवाले



विराटनगर,फागुन ८ । विराटनगरमा शनिबार आफ्नो समुहले गर्न लागेको शक्ति प्रदर्शनलाई संवोधन गर्न त्यहाँ पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई विमानस्थल बाहिर प्रचण्ड माधव समुहका युवाहरुले कालो झण्डा देखाएका छन् ।

प्रधानमन्त्री विमानस्थलमा झरे पछि कालो झण्डा लिएर पुगेका ती युवाहरुले एयरपोर्ट मोडमा कालो झण्डा देखाउदै नाराबाजी गरेपछि प्रहरीले हस्तक्षेप गरेको उनीहरुले बताएका छन् ।

प्रहरी हस्तक्षेपसंगै भएको हुलहुज्जतमा केहि युवा समातिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्