सिंहदरबारभित्रकै क्यान्टिनमा म्याद सकिएका खाद्यबस्तु बेचिदै, वाणिज्य विभागद्धारा जरीवाना



काठमाण्डौं,फागुन ८ । देशकै ठूलो प्रशासनिक संरचना भएको सिंहदरबार भित्रै सञ्चालित क्यान्टिन ( चमेनागृह)हरुमा गुणस्तरहीन सामान विक्री गर्ने गरेको पाईएको छ । वाणिज्य आपुर्ति तथा उपभोत्ता हित संरक्षण विभाग र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको सँयुक्त टोलीले सिंहरबारका क्यान्टिनहरुको शुक्रबार अनुगमन गरेको थियो ।

सो क्रममा अनुगमन टोलीले सिंहदरबार स्थित कर्मचारी एवं सेवाग्राही लक्षित केन्द्रीय क्यण्टिन ( कन्चन चमेना गृह) , अर्थ मन्त्रालय परिसरमा संचालित क्याण्टिन(म्यानेजमेन्ट सर्भिस) तथा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय परिसरमा संचालित क्याण्टिन(गोसाइँकुण्ड भोजनालय) को अनुगमन गरेको थियो ।

यस क्रममा ती क्यान्टिनहरुले नियमन तथा कारोबार सम्बन्धी कागजात नदेखाएको, उपभोग्य म्याद समाप्त खाद्य वस्तु बिक्रि गरेको, सरसफाइमा लापरबाही गरेको तथा अप्रमाणिक नापतौल मेसिन प्रयोग गरेको लगायतका उपभोक्ता संरक्षण ऎन, २०७५ विपरीतका कामकारबाही गरेको पाइएकोले रु. ३,१४५ बराबरको खाद्य एवं पेय पदार्थ नष्ट गरिएको र केन्द्रिय क्याण्टिनलाई दश हजार जरिवाना गरि, नियमन सम्बन्धी कागजात पेश गर्न एवं मापदण्ड अनुसार क्याण्टिन संचालन गर्न निर्देशन दिइएको वाणिज्य विभागका निर्देशक शिबराज सेढाईले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्