आज नेकपाले विराटनगरमा शक्ति प्रदर्शन गर्दै ,प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने
विराटनगर,फागुन ८ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीको (नेकपा) आज शनिबार विराटनगरमा शक्ति प्रदर्शन गर्ने तयारी गरेको छ । प्रतिनिधिसभा विघटन पश्चात् विभाजित नेकपाको ओली समूहले चुनावी प्रचारप्रसार गर्ने तथा सरकारको कदमका पक्षमा जनमत देखाउन विराटनगरमा शक्ति प्रदर्शन गर्न लागेको हो ।
विराटनगर महानगरपालिका–२ को विराट नर्सिङ होमको पूर्वतर्फ रहेको मैदानमा आयोजना हुने आमसभालाई प्रधानमन्त्री ओली, गृहमन्त्री रामबहादुर थापा बादल, नेता सुभासचन्द्र नेम्वाङ, प्रदेश १ का मुख्यमन्त्री शेरधन राईलगायतले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
आमसभा अघि विभिन्न ६ स्थानबाट र्याली निकाल्ने तयारी गरिएको श्रोतले जनाएको छ । विराटनगरको कञ्चनबारी, रोडशेष, तीनपैनी, हाटखोलालगायतका स्थानबाट ११ बजे र्याली निसक्नेछन् ।