बितेको २४ घण्टामा ९७ जना कोरोना संक्रमित थपिए



काठमाडौं, फागुन ७ । नेपालमा बितेको २४ घण्टामा कोरोना भाइरसका ९७ जना संक्रमित थपिएका छन् । यससंगै कुल संक्रमितको सख्या २ लाख ७३ हजार २ सय ६३ पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

सोही समयावधिमा १ सय १४ जना संक्रमणमुक्त भएका छन् । हालसम्म २ लाख ६९ हजार ६ सय १९ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्