नुवाकोट आएर काङ्ग्रेस नेता पौडेलले भने- ‘प्रतिनिधि सभा विघटनबारे पार्टीमा कुनै भिन्‍न मत छैन’



नवनिर्मित भवन उद्घाटन समारोहमा सहभागी

नुवाकोट,फागुन ७ । नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले प्रतिनिधि सभा विघटनका बारेमा पार्टीको स्पष्ट धारण सार्वजनिक गरेका छन् । उनले पछिल्लो समयमा सभा विघटनका विषयलाई विभिन्न टीकाटिप्पणी भैरहेको बताउदै पार्टीको यस विषयमा कुनै पनि प्रकारको भिन्न मत नभएको बताएका हुन ।

नेपाली काङ्ग्रेस नुवाकोटको नवनिर्मित भवन उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले प्रतिनिधि सभा विघटनका बारेमा कांग्रेसमा कुनै पनि प्रकारको पृथक धारणा नरहेको स्पष्ट पारेका हुन।

काङ्ग्रेस पदाधिकारीहरुको बैठकले संसद् विघटन असंवैधानिक र अलोकतान्त्रिक कदम भनेको स्मरण गराउदै उनले केन्द्रीय कार्यसमिति बैठकले पनि पदाधिकारी बैठककै निष्कर्षलाई पारित गरेको बताए ।“बहुमतले होइन । सर्वसम्मत निर्णय गरेको हो । संसद् विघटनका बारेमा कांग्रेसमा फरक–फरक मत छैन ।”उनले भने।

प्रतिक्रिया दिनुहोस्