शिवपुरीको जानकी माध्यमिक विद्यालयको ३२औं वार्षिकोत्सब सम्पन्न [ हेरौं तस्बिर ]



नुवाकोट,फागुन ६ । जिल्लाको शिवपुरी गाउँपालिका वडा नम्बर ५ मा रहेको जानकी माध्यमिक विद्यालयको ३२औं वार्षिकोत्सब तथा अभिभावक भेला सम्पन्न भएको छ।

बिहीबार एक समारोहका बीच सो कार्यक्रम सम्पन्न भएको विद्यालयले जनाएको छ।

सो समारोहमा नुवाकोट नेकपाका नेता तथा पूर्व सांसद हितबहादुर तामाङ, वाग्मती प्रदेशका उपसभामुख राधिका तामाङ,नेकपा नुवाकोटका नेता पदम उप्रेती,नेकपा शिवपुरी गाउँपालिकाका अध्यक्ष बीरबहादुर तामाङ लगायतको समेत उपस्थिति रहेको थियो ।

कार्यक्रममा विद्यार्थीहरुले विविध मनोरञ्जनात्मक कार्यक्रमहरु प्रस्तुत गरेका थिए। कार्यक्रममा विद्यालयका सर्वोत्कृष्ट विद्यार्थीहरुलाई सम्मान समेत गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्