बितेको २४ घण्टामा ९६ जनामा कोरोना संक्रमण पुष्टि



काठमाडौं, फागुन ६ । नेपालमा बितेको २४ घण्टामा कोरोना भाइरसका ९६  जना संक्रमित थपिएका छन् । यससंगै कुल संक्रमितको संख्या २ लाख ७३ हजार १ सय ६६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

सोही समयावधिमा १ सय ११  जना संक्रमणमुक्त भएका छन् । हालसम्म २ लाख ६९ हजार ५ सय ५ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्