कांग्रेसको १४ औं महाधिवेशन कार्यकालको अन्तिम समय ७ देखि १० भदौसम्म गर्न प्रस्ताव



काठमाडौ,फागुन ५ । कांग्रेसको १४ औं महाधिवेशन आगामी भदौ ७ देखि १० गतेसम्म गर्न प्रस्ताव गरिएको छ ।

पार्टी संस्थापनले केन्द्रीय समितिको बैठकमा यो मिति प्रस्ताव गरेको हो । यद्यपि प्रस्तावित मितिमा नेता रामचन्द्र पौडेल पक्ष सहमत नभएको एक नेताले जानकारी दिए

पौडेल पक्ष फागुनसम्म क्रियाशील सदस्यता सिध्याउने, चैतसम्म स्थानीय तहको अधिवेशन, वैशाखमा प्रदेश तहको अधिवेशन सकाएर जेठभित्र १४ औं महाधिवेशन गनुृपर्ने अडानमा रहँदै आएको छ ।

पौडेल समूहका केन्द्रीय सदस्यको बैठकले पनि यही विषयलाई उठाउने तयारी गरेको थियो ।

नियमित चार वर्षमा पनि महाधिवेशन नभएपछि पार्टीका सबै तहका कार्यसमितिहरुको म्याद एक वर्ष थप गरिएको थियो ।

थप गरिएको समय पनि अब १५ दिनमात्रै बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्