गुल्मीमा जीप दुर्घटना, ३ जनाको मृत्यु, ६ घाइते



गुल्मी,फागुन ५ । गुल्मीमा जीप दुर्घटनामा परेर ३ जनाको मृत्यु भएको छ । दुर्घटनामा परेर ६ जना घाइते भएका छन् । बुधवार साँझ जिल्लाको सदरमुकाम तम्घासबाट पराल्मी तर्फ जाँदै गरेको लु १ ज १९८८ नम्बरको जीप रेसुङ्गा नगरपालिका वडानम्बर–१४ ठूलो पधेरा भन्ने दुर्घटनामा परेको हो ।

दुर्घटनामा मृत्यु हुनेहरुमा २७ वर्षकी गोमा नेपाली, २८ वर्षकी शान्ती नेपाली र ४८ वर्षका एकराज पोखरेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरिक्षक (डिएसपी) पुरुषोत्तमप्रसाद पाण्डेले बताए । दुर्घटनामा पोखरेलको घटना स्थलमै र २ जनाको गुल्मी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

जीपमा सवार ६ जना मध्ये ५ जनाको गुल्मी अस्पतालमा र १ जनाको थप उपचारको लागि पाल्पा पडाइएको प्रहरीले जनाएको छ । ११ जना सवार रहेको जीपमा २ जना हालफालेका थिए ।

उनिहरु शकुसल रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा परेको जीप सडकबाट करिब ६ सय मिटर तल खसेको (डिएसपी) पाण्डेले बताए ।

प्रतिक्रिया दिनुहोस्