खुलामञ्चका संरचना हटाईए



काठमाडौँ,फागुन ५ । काठमाडौँ महानगरपालिकाले खुलामञ्चमा रहेका सबै निर्माण सामग्री र संरचना हटाई खुल्लामञ्चलाई खुला गर्ने अभियान थालेको छ ।
राष्ट्रिय महत्वको संरचना दरबार हाइस्कुलको निर्माण सम्पन्न भएको र वीर अस्पतालको समेत पुनर्निर्माण कार्य सम्पन्न चरणमा पुगेको भन्दै ती संरचना पुनर्निर्माणका लागि थुपारेका निर्माण सामग्री र संरचना हटाई काठमाडौँ महानगरपालिकाले खुला गर्ने पहल सुरु गरेको हो ।

यसअघि भूकम्पले क्षति भएका संरचनाहरुको सबै निर्माण साम्रगी खुल्ला मञ्चमा नै राखिएको थियो । ‘राष्ट्रिय महत्वको संरचना दरबार हाइस्कुल र वीर अस्पतालको पुनर्निर्माणको क्रममा त्यहाँ प्रयोग हुने निर्माण सामग्रीहरु र त्यहाँ काम गर्ने केही कामदारलाई राख्नका लागि उनिहरुको आग्रहमै हामीले त्यहाँ सहमति दिएका थियौँ,’ काठमाडौँ महानगरपालिकाका प्रमुख विद्या सुन्दर शाक्यले भने ।

‘वीर अस्पताल र दरवार हाईस्कुलको पुर्ननिर्माण सम्पन्न चरणमा पुगेपछि हामीले आजबाट उनीहरुलाई पनि जानकारी दिएर खुल्ला मञ्चलाई खुला गर्ने अभियान थालेका हौँ ।’अब विस्तारै खुल्ला मञ्चमा राखिएको बसपार्कलाई पनि खुला गर्दै जाने उहाँले गर्ने जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्