बुधबार सुनको मूल्यमा गिरावट, तोलाको कति?



काठमाडौं, फागुन ५ । नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्य घटेको छ । आज सुनको मुल्यमा ११ सय रुपैयाँले घटेको हो ।

छापावाला सुन प्रतितोला ८९ हजार ८०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंंगलवार छापावाला सुनको मूल्य प्रतितोला ९० हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आज तेजाबी सुन प्रतितोला ८९ हजार ३५० मा खरिद बिक्रि भइरहेको छ । मंगलवार तेजाबी सुन प्रतितोला ९० हजार ४०० मा कारोबार भएको थियो । यसैगरी, बुधवार चाँदीको मूल्य घटेको छ । मंगलवार प्रतितोला १३ सय ६० रुपैयाँमा कारोबार भएको चाँदी आज २० रुपैयाँले घटेर १३ सय ४० रुपैयाँमा खरिद बिक्रि भैरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्