नुवाकोट पञ्चकन्या गाउँपालिकाको प्रशासकीय भवन शिलान्यास



भवन शिलान्यास समारोहमा प्रमुख अतिथि नेकपा नेता तथा पूर्व सांसद तामाङ

नुवाकोट,फागुन ५ । जिल्लाको पञ्चकन्या गाउँपालिकाको प्रशासकीय भवन शिलान्यास भएको छ। पञ्चकन्याको लाकुरीभन्ज्याङमा बुधबार एक समारोहका बीच नुवाकोट नेकपाका नेता तथा पूर्व सांसद हितबहादुर तामाङले भवनको शिलान्यास गरेका हुन् ।

केन्द्र,प्रदेश,पालिका र हितबहादुर तामाङ सांसद कोष ६० लाख, राधिका तामाङ ४५ लाख, बद्री मैनाली २७ लाख गरी कुल ८ करोडको लागतमा भवन निर्माण सम्पन्न हुने गाउँपालिकाले जनाएको छ।

भवन शिलान्यास कार्यक्रम पञ्चकन्या नुवाकोट

सो शिलान्यास समारोह नेकपा नेता तथा पूर्व सांसद हितबहादुर तामाङको प्रमुख आतिथ्यता, नेकपा पञ्चकन्या गाउँपालिकाका अध्यक्ष मीनबहादुर केसि, इन्चार्ज अर्जुन कार्की , गाउँपालिका अध्यक्ष रमेश तामाङ लगायत जनप्रतिनिधिहरुको उपस्थिति रहेको थियोे।

कार्यक्रममा पुरुषोत्तम खड्का,अर्जुन कार्की,मीन बहादुर केसि,वडा नम्बर ५ अध्यक्ष मधु थापा, रामबाबु पराजुली,गाउँपालिकाका अध्यक्ष तेजबहादुर तामाङ, प्रमुख प्रशासकीय अधिकृत नरेश पुडासैनी, उपाध्यक्ष सीता पराजुली लगायतले मन्तव्य राखेका थिए।

प्रतिक्रिया दिनुहोस्