महिला लघुवित्तको आईपीओमा आवेदन आजसम्म दिन सकिने
काठमाडौं,फागुन ५ । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणमा जारी गरेको साधारण शेयर (आईपीओ)मा आजसम्म आवेदन दिन सकिने छ । गत माघ ३० गतेदेखि कम्पनीले जारी गरेको रु. ४ करोड बराबरको प्रतिकित्ता १०० अंकित दरका ४ लाख कित्ता साधारण शेयरमा आज बैंकिङ्ग समयभित्र आवेदन दिन सकिने छ । हालसम्म १४ लाखभन्दा बढी आवेदकले आवेदन दिसकेका छन् ।
निष्कासित कुल शेयरमध्ये जारी पूँजीको शून्य दशमलव ५ प्रतिशत अर्थात् ५ हजार कित्ता शेयर कर्मचारीहरुका लागि छुट्याइएको छ । त्यस्तै, सर्वसाधारणका लागि छुट्याइएको शेयरमध्ये ५ प्रतिशत अर्थात् २० हजार कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याएको छ भने सर्वसाधारणले बाँकी ३ लाख ७५ हजार कित्ता साधारण शेयरका लागि आवेदन दिन सक्नेछन् ।
आवेदकले न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओ निष्कासन तथा विक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेड रहेको छ ।आर्थिक अभियानबाट