बितेको २४ घण्टामा १ सय २२ संक्रमित थप, १४४ जना डिस्चार्ज



काठमाडौं, फागुन ३ । नेपालमा बितेको २४ घण्टाम कोरोना भाइरसका १ सय  २२ जना संक्रमित थपिएका छन् । यससंगै कुल संक्रमितको सख्या २ लाख ७२ हजार ८ सय ४० पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

सोही समयावधिमा १ सय ४४ जना संक्रमणमुक्त भएका छन् । हालसम्म २ लाख ६९ हजार २ सय ४ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्