स्वार्थी तत्वहरु चोइटिएका हुन, नेकपा फुटेको छैन : विष्णु पौडेल



बुटवल,फागुन २। नेकपा ओली समूहका महासचिव एवं अर्थमन्त्री विष्णु पौडेलले नेकपा नफुटेको दाबी गरेका छन् ।ओली समूहको लुम्बिनी प्रदेश कमिटीले शनिबार बुटवलमा आयोजना गरेको कार्यक्रममा बोल्दै महासचिव पौडेलले भने, ‘कतिपय मानिसहरुलाई लाग्यो, नेकपा फुट्यो, फुट्दैछ । तर, आजको उपस्थितिले के पुष्टि गर्दैछ भने नेपाल कम्युनिष्ट पार्टी फुटेको छैन, स्वार्थी तत्वहरु चोइटिएका मात्र हुन् ।

महासचिव पौडेलले भने, ‘फुट्न जनताले दिँदैनन् । केपी ओलीको पक्षमा जनमत छ भन्ने जनसभाहरुले पुष्टि गरिरहेका छन् ।’केपी ओलीको नेतृत्वमा हामीले संविधान निर्माण गरेको बताउँदै पौडेलले संसारका संविधानसँग तुलना गर्दा नेपालको संविधान लोकतान्त्रिक र अग्रगामी रहेको बताए । उनले भने, ‘यो संविधान निर्माणको अगुवाई कमरेड केपी शर्मा ओलीले गर्नुभएको थियो ।’

प्रचण्ड माधव समूहले केपी ओलीलाई सरकारबाट अपदस्त गर्न खोजेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्