नुवाकोट क्यानको अध्यक्षमा पवन नेपाल



नुवाकोट,फागुन १ । कम्प्युटर एशोसिएशन नेपाल (क्यान) नुवाकोटको प्रथम अधिवेशनबाट अध्यक्षमा पवन नेपाल चयन भएका छन् । उनको अध्यक्षतामा ७ सदस्यीय कार्यसमिति समेत निर्विरोध चयन भएको छ ।

शनिबार भएको कम्प्युटर एशोसिएशन नेपाल (क्यान) नुवाकोटको प्रथम अधिवेशन तथा पहिलो साधारणसभाले उपाध्यक्षमा दिलिप श्रेष्ठ, सचिवमा नारायण कुमार घले, कोषाध्यक्षमा मनिष कुमार शाहलाई चयन गरेको छ । यस्तै समितिकोसदस्यहरुमा सुनिल श्रेष्ठ, लिडर श्रेष्ठ र विशाल सापकोटा निर्विरोध चयन भएका छन् ।

यसअघि अधिवेशनको उद्घाटन गर्दे कम्प्युटर एशोसिएशन नेपाल महासंघका सदस्य भानुभक्त शर्माले सुचना प्रविधिको क्षेत्रमा नुवाकोट अघि बढिरहेको भन्दै खुशी व्यक्त गरे । उनले सुचना प्रविधिको क्षेत्रमा विश्वले हासिल गरेको उपलब्धी नुवाकोटले आगामी दिनमा छिट्टै हासिल गर्ने विश्वास गरे ।

प्रतिक्रिया दिनुहोस्