शनिवार पहाडी तथा हिमाली भेगमा हिमपात हुने



काठमाडौ,फागुन १ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हाल देशको पहाडी भूभागमा आंशिक बदली रहेको तथा बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको महाशाखाको भनाइ छ ।

शनिवार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरुमा हल्का हिमपातको संभावना रहेको छ ।

प्रतिक्रिया दिनुहोस्