आज काठमाडौको विभिन्न ठाउँमा हुँदैछ विद्युत कटौती



काठमाडौँ,फागुन १ । नेपाल विद्युत प्राधिकरणले आज शनिबार काठमाडौँका विभिन्न ठाउँमा विद्युत कटौती गर्ने भएको छ ।

केन्द्रका अनुसार सडक विस्तारको काम चलिरहेको तथा विद्युतीय संरचना स्थानान्तरण गर्नुपर्ने भएकोले विद्युत आपूर्ति बन्द गर्न लागिएको हो ।

बानेश्वर वितरण केन्द्रले काठमाडौंका विभिन्न क्षेत्रमा आज र भोलि दिउँसो विद्युत् कटौती गर्न लागिएको छ भने साँखु, गोठाटार र कोटेश्वरमा शनिबार तथा कपन फिडर अन्तर्गतका क्षेत्रमा आइतबार विद्युत बन्द गर्न लागेको हो ।

त्यस्तै बानेश्वर वितरण केन्द्रले दिएको जानकारीअनुसार आज बिहान ११ देखि दिउँसो २:३० बजेसम्म साँखु फिडर अन्तर्गतका विद्युत काटिनेछ।

आजै गोठाटार फिडर अन्तर्गत बिहान ११ बजेदेखि दिउँसो १२:३० बजेसम्म र कोटेश्वर फिडरको दिउँसो १:३० देखि अपरान्ह ४:३० सम्म विद्युत काटिनेछ।

कपन फिडर अन्तर्गत आइतबार बिहान ११ बजेदेखि दिउँसो १:३० बजेसम्म विद्युत बन्द हुने केन्द्रले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्