बितेको २४ घण्टामा १ सय २७ संक्रमित थपिए



काठमाडौं, माघ ३० । नेपालमा बितेको २४ घण्टामा कोरोना भाइरसका १ सय २७ जना संक्रमित थपिएका छन् । यससंगै कुल संक्रमितको सख्या २ लाख ७२ हजार ५ सय ५७ पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आज  १ सय ३६ जना संक्रमणमुक्त भएका छन् । आजसम्म २ लाख ६८ हजार ७ सय ९६ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।


प्रतिक्रिया दिनुहोस्