सोनाम ल्होछारको अवसरमा वाग्मती प्रदेश उपसभामुख तामाङद्वारा शुभकामना व्यक्त



काठमाडौं,माघ ३० । वाग्मती प्रदेश उपसभामुख राधिका तामाङले साँस्कृतिक पर्व र भेषभुषाहरु मार्फत पनि समृद्धिको अभियानमा टेवा पुर्‍याउनुका साथै सांस्कृतिक विविधताले नेपाललाई एकसूत्रमा बाँध्न महत्वपूर्ण हुने बताउदै सोनाम ल्होछारको उपलक्ष्यमा शुभकामना व्यक्त गरेकी छन् ।

तामाङ समुदायले मनाउने सोनाम ल्होछारको अवसरमा शुभकामना सन्देशमा वाग्मती प्रदेश उपसभामुख तामाङले, ‘नेपाल बहुजातीय, बहुधार्मिक र बहुभाषिक देश भएकाले देशको मौलिक गहनाको जगेर्ना आवश्यक रहेको उल्लेख गरेकी छन् ।

‘यहाँ हरेक जातजातीका आफ्नाआफ्नै परम्परा, चाडपर्व, भेषुभषा रहेका छन् । यस प्रकारका विविधताले नेपालीहरुलाई एक सुत्रमा बाँध्न महत्वपूर्ण योगदान पुर्याएको छ ।’ उनले भनेकी छन् ।

शुभकामना सन्देश

प्रतिक्रिया दिनुहोस्