२२ लाख रुसी नागरिकले लगाए ‘स्पुतनीक भी’



एजेन्सी, माघ ३० । रुसी ग्यामलेया रिसर्च सेन्टरद्वारा निर्माण गरिएको कोरोना भाइरसविरुद्वको घरेलु खोपको पहिलो डोज करिब २२ लाख रुसी नागरिकले लगाएका छन् । रिसर्च सेन्टरका कार्यकारी निर्देशक डिमीट्री लोगुनोभले बुधबार यस विषयको जानकारी दिएका हुन् ।

उनको भनाईलाई रुसी समाचार संस्था तासले उदृत गर्दे लेखेको छ,‘२२ लाख रुसी नागरिकले रुसी खोपको पहिलो डोज लगाएका छन् । त्यसका साथै करिब १७ लाख रुसी नागरिकले खोपको पूर्ण डोज लिइसकेका छन् । खोप लागएका मध्य तीन सय जना मानिस अवस्था खराब भएको छ ।’

निर्देशकका अनुसार ‘खोप अन्य कम्पनीले निर्माण गरेको जस्तै छ । यसको प्रभावकारिता समेत अन्य खोप जतिकै छ ।’

प्रतिक्रिया दिनुहोस्