चीनमा बिबिसीको प्रसारणमा प्रतिबन्ध
एजेन्सी,माघ ३० । चीनले बिबिसीको प्रसारणमा रोक लगाएको छ । बिबिसीले अनुचित र असत्य पत्रकारिता गरिरहेको आरोप लगाउँदै आफ्नो देशभित्र बिबिसी वर्ल्ड सर्विस टेलिभिजनको प्रसारणमाथि रोक लगाएको हो।
हालै चीनले बिबिसीको कोरोना महामारी र शिनजियांगमा मुसलमानमाथि भएको शोषणमाथि प्रसारण भएको रिपोर्टको आलोचना गरेको थियो।
एक वक्तव्यमा ब्रिटेनको विदेश मन्त्रालयले भनेको छ चीनमा इन्टरनेट र मिडियामाथि सबैभन्दा धेरै प्रतिबन्ध लागु छ । चीनको यो कार्यले विश्वमा उसकै साख गिराउने वक्तव्यमा उल्लेख छ ।