नुवाकोटको दुप्चेश्वर गाउँपालिकाले दियो सोनाम ल्होसारको तीन दिन सार्वजनिक विदा



नुवाकोट,माघ २९ । नुवाकोटको दुप्चेश्वर गाउँपालिकाले सोनाम ल्होसारको तीन दिन सार्वजनिक विदा दिएको छ। तामाङ समुदायको सांस्कृतिक पर्व ‘सोनाम ल्होछार’को अवसरमा नुवाकोटको दुप्चेश्वर गाउँपालिकाले तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

गाउँ कार्यपालिकाको ६८ औँ बैठकले २८५७ औँं सोनाम ल्होछारको अवसरमा गाउँपालिका कार्यालय र त्यसमातहतका सरकारी कार्यालयमा तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरेको गाउँपालिकाका अध्यक्ष योविन्द्रसिंह तामाङले बताए ।

अध्यक्ष तामाङका अनुसार दुप्चेश्वर गाउँपालिका तामाङ जातिको बाहुल्य क्षेत्र भएकाले आउँदो माघ ३० गते देखि फागुन १ र २ गतेसम्मका लागि सार्वजनिक विदा दिइएको हो । उहाँका अनुसार तामाङ जातिहरुको विशेष चाड २८५७ औं सोनाम ल्होछार पर्व मनाउनका लागि गाउँपालिकाको कार्यालय तथा मातहतका कार्यालयहरु र विद्यालयहरुमा सार्वजनिक बिदा दिइएको हो ।

सार्वजनिक विदा सम्बन्धि गाउँपालिकाद्वारा जारी सूचना

प्रतिक्रिया दिनुहोस्