धादिङमा मोटरसाइकल दुर्घटनामा दुईजनाको मृत्यु



धादिङ,माघ २९ । पृथ्वी राजमार्गको धादिङ खण्ड अन्तरर्गत पर्ने खानी खोलामा मोटर साइकल दुर्घटनामा परी मोटरसाइकलमा सवार दुई जनाले ज्यान गुमाएका छन् ।

ज्यान गुमाउनेमध्ये एक जनाको नाम डा. सुरेश अधिकारी खुल्न आएको र अर्का एक जनाको सनाखत हुन बाँकी रहेको प्रहरीले बताएको छ ।

काठमाडौं जादै गरेको प्र ३ ०२ ००९ प ८२३० नम्बरको मोटरसाइकल विपरीत दिशाबाट आउदै गरेको ना १ क ६५४७ नम्बरको ट्रक सगं ठोक्किएर अनियन्त्रित भएर दुर्घटना भएको थियो । मोटरसाइकलले उछिन्ने क्रममा ट्रक संग ठोकिएर दुर्घटना भएको हुन सक्ने प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

चितवन जिल्ला भरतपुर नगरपालिका वडा नं. २६ का ट्रक चालक बाबुराम महत्तो इलाका प्रहरी कार्यालय खानिखोलाको नियन्त्रणमा रहेका छ ।

प्रतिक्रिया दिनुहोस्