नेतृ झाँक्रीलाई पक्राउ गरिएको बिरोधमा मुखमा टेप बाँधेर नेकपाका कार्यकर्ता सडकमा उत्रिए



काठमाण्डौं,माघ २९ । नेकपा प्रचण्ड-माधव समुहकी नेतृ रामकुमारी झाँक्रीलाई राष्ट्रपति विरुद्ध बोलेको भन्दै राज्य विरुद्धको कसुर अभियोगमा बिहीवार प्रहरीले निवासबाटै पक्राउ गरिएको बिरोधमा नेकपाका कार्यकर्ताहरु मुखमा टेप लगाएर बिरोध स्वरुप सडकमा उत्रिएका छन् ।

उनीहरुले वानेश्वरमा रामकुमारीलाई हैन, बलात्कारीलाई गिराफ्तार गर भन्दै नाराबाजी समेत गरेका थिए । नाराबाजी गर्ने मध्ये धेरैले मुखमा कालोटेप लगाएका थिए ।

ती कार्यकर्ताहरु माईतीघरमा भेला भएर वानेश्वर तिर अघि बढ्ने क्रममा प्रहरीले लगाएको बार भत्काउन खोजेपछि केहीबेर तनाब समेत भएको थियो ।

प्रतिक्रिया दिनुहोस्