बितेको २४ घण्टामा कोरोनाबाट ५ जनाको ज्यान गयो



काठमाडौं, माघ २९ । कोरोना संक्रमणबाट बितेको २४ घण्टामा थप ५ जनाको ज्यान गएको छ । यससँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको सख्या २०५२ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । सोही समयावधिमा नयाँ संक्रमित ८१ थपिएका छन् ।

कोरोना संक्रमणबाट निको भई घर फर्कनेको संख्या १११ छ । हालसम्म २ लाख ७२ हजार ४ सय ३० संक्रमित भएपनि २ लाख ६८ हजार ६ सय ६० जना संक्रमण निको भई डिस्चार्ज भईसकेका छन् भने १७ सय १८ जना संक्रमितको उपचार भइरहेको स्वास्थ्य तथा जनसख्या मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्