बितेको २४ घण्टामा थप ८१ जनामा कोरोना संक्रमण



काठमाडौं, माघ २९ । नेपालमा बितेको २४ घण्टामा कोरोना भाइरसका ८१ जना संक्रमित थपिएका छन् । यससंगै कुल संक्रमितको सख्या २ लाख ७२ हजार ४ सय ३० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टा समयावधिमै १ सय ११ जना संक्रमणमुक्त भएका छन् । हालसम्म २ लाख ६८ हजार ६ सय ६० जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस्