बालुवाटार जग्गा प्रकरणका मुख्य अभियुक्त ढकाल जेल चलान



काठमाडौं , माघ २८ । बालुवाटारको ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा नामसारी गरेको घटनाका मुख्य अभियुक्त डा. शोभाकान्त ढकाललाई विशेष अदालतले थुनामा राख्न आदेश दिएको छ ।

न्यायाधीशहहरु अब्दुल अजिज मुसलमान, बालेन्द्र रुपाखेती र चन्द्रबहादुर सारूको संयुक्त इजलासले आज ढकाललाई थुनामा पठाउने आदेश दिएको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ढकाल विरुद्ध ३९ करोड २८ लाख बिगो मागदाबी सहित गत वर्ष मुद्धा दायर गरेको थियो ।

यस अघि अख्तियारका पुर्व प्रमुख दिप बस्न्यातलाई पनि थुनामा राख्न आदेश दिईएको थियो

प्रतिक्रिया दिनुहोस्