श्रीमतीको हत्या गरेको अभियोगमा पक्राउ



पाल्पा,माघ २८ । आफ्नै ३४ वर्षीया श्रीमती सन्तु जलारीको हत्या गरेको अभियोगमा पाल्पाको जलजला गाउँपालिका – ४ धुलेपालसिङ बस्ने ३३ वर्षीय रामबहादुर परियारलाई प्रहरीले पक्राउ गरेको छ ।

रामबहादुर आफैँले सोही ठाउँस्थित धुलेपालसिङको जंगलमा घरायसी झगडाको कारण श्रीमतीको हत्या गरेको भनी प्रहरी चौकी वारिबेनीमा जानकारी गरापछि प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्