प्रधानमन्त्रीले आफ्नो गल्ती नसच्याए १० लाख जनता लिएर सिंहदरबार र बालुवाटार घेर्ने प्रचण्डको चेतावनी



काठमाण्डौं, माघ २८ । नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष प्रचण्डले केपी ओलीले आफनो प्रतिगामी कदम नसच्याए दश लाख जनता लिएर सिंहदरबार र बालुवाटार घेर्ने चेतावनी दिएका छन् ।

सो समुहले आज राजधानीमा गरेको बिरोध प्रदर्शनलाई संवोधन गर्दै अध्यक्ष प्रचण्डले बिरोध र आन्दोलन कस्तो हुन्छ ? हेर्न आउनुस् भन्दै प्रश्न गरे ।

ओलीले बनाएको दुई जना मन्त्रीसमेत आफूसँग वार्तामा रहेको प्रचण्डले बताए । केपी ओलीले बनाएका दुई मन्त्री समेत आफूतिर आउन लागेको दाबी गर्दै प्रचण्डले ओलीलार्र्ई छाड्ने मान्छेको लाम लागेको बताए ।

‘तुरुन्त राजीनामा गरेर पशुपतितिर लाग्नुहोस्, उहाँ जनताको शरणमा भन्दा भगवानको शरणमा जानुभएको छ’ प्रचण्डले भने । प्रचण्डले आफना लागि भने नेपाली जनता नै भगवान रहेकाले जनताको शरणमा गएको दावी गरे ।

बुधबारको उपस्थिति सर्वोच्चका न्यायाधीशहरूले पनि देखेको बताउँदै अध्यक्ष प्रचण्डले अदालतले प्रतिनिधिसभा पुनर्स्थापनाकै पक्षमा निर्णय गर्ने विश्वास व्यक्त गरे ।

आजको यो सभाको उपस्थितिले पनि सर्वोच्चलाई निर्णय गर्न सहज भएको छ । यदि जनताको पक्षमा निर्णय भएन भने देशमा आँधि आउँछ, हुरी आउँछ । शान्तिपूर्ण क्रान्ति हुन्छ ।’प्रचण्डले चेतावनी दिए ।

प्रतिक्रिया दिनुहोस्