दाहाल-नेपाल पक्षको विरोध जुलुश सुरू (फोटोफिचर)



काठमाडौं, माघ २८ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल पक्षले आज काठमाडौंमा बृहत्त जनसभाको आयोजना गरेको छ । सो सभाको लागि काठमाडौंका विभिन्न ठाउँबाट जुलुश आउन सुरु भएका छन् ।

जुलुशमा शीर्ष नेताहरु नै सहभागी छन् । जुलुशले काठमाडौं उपत्यकाको ट्राफिक आवागमन नै प्रभावित बनेको छ । चक्रपथभित्र जुलुसमा सहभागी हुने गाडी भने प्रवेश गर्न पाउनेछन् ।

सभागृह अगाडी मुख्य सडकमा मञ्च बनेकाले घण्टाघर, पुरानोबसपार्कबाट सिंहदरबार आउने मुलबाटो बन्द गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।

यसअघि नेकपा ओली पक्षले गत माघ २३ गते काठमाडौंमा आमसभाको आयोजना गरेको थियो ।

तस्वीर: सन्चु ब्लोन

प्रतिक्रिया दिनुहोस्