दुई चरणमा निर्वाचन हुने जिल्ला र प्रदेशको टुंगो लाग्यो, कुन जिल्लामा कहिले ?



काठमाडौ,माघ २८ । सरकारले आगामी वैशाख १७ र २७ गते हुने मध्यावधि निर्वाचनका लागि दुई चरणमा निर्वाचन हुने जिल्ला र प्रदेशको टुंगो लगाएको छ ।

मन्त्रिपरिषदको सोमबारको बैठकले वैशाखमा हुने निर्वाचनको लागि दुई चरणमा हुने निर्वाचन हुने प्रदेश र जिल्लाको टुंगो लगाएको हो । बैठकले वैशाख १७ मा प्रदेश नं २, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेश अन्तर्गतका ४० जिल्लामा निर्वाचन गर्ने निर्णय गरेको छ ।

त्यस्तै, वैशाख २७ गते प्रदेश नं १, बाग्मती र सुदूरपश्चिम प्रदेश अन्तर्गत ३७ जिल्लामा निर्वाचन हुनेछ । प्रधानमन्त्री केपि शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवि भण्डारीले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गर्दै वैशाख १७ र २७ गतेका लागि मध्यावधि निर्वाचनको मिति तोकिएको थियो ।

तर, सर्वोच्च अदालतको संवैधानिक इजलासमा संसद विघटनविरुद्ध परेको मुद्दामा विचाराधीन छ ।

प्रतिक्रिया दिनुहोस्