यस्तो छ बुधबारको मौसम



काठमाडौ,माघ २८ । नेपालमा पछिल्लो समय भारतको राजस्थान र आसपास साथै आसाम र आसपास क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हाल देशको पूर्वी पहाडी भूभागका साथै पश्चिमी पहाडी भूभागका थोरै स्थानहरुमा आंशिक बदलीको अवस्था रहेको तथा बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेने महाशाखाको भनाइ छ ।

बुधवार दिउँसो देशभर आँशिकदेखि सामान्य बदली रही पहाडी भूभागका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको देखिन्छ । उच्च पहाडी तथा हिमाली भूभागमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ ।

प्रतिक्रिया दिनुहोस्