नुवाकोटको पञ्चकन्यामा निशुल्क आँखा तथा दन्त शिविर



नुवाकोट, माघ २७ । जिल्लाको पञ्चकन्या गाउँपालिकामा निशुल्क आँखा तथा दन्त शिविर हुने भएको छ।

पञ्चकन्या गाउँपालिका वडा नम्बर ३ घले भञ्ज्याङमा उक्त शिविरको आयोजना गरिएको गाउँपालिकाका स्वास्थ्य संयोजक हेमनारायण महतोले जनाएका छन् ।

फागुन ४ देखि ६ गतेसम्म सञ्चालन हुने शिविरमा त्रिपुरेश्वर आँखा अस्पतालका आँखा विशेषज्ञ ले मोतियाबिन्दुको अप्रेसन गर्नेछन् भने दातका विशेषज्ञद्वारा दातको सफल उपचार गरिने बताइएको छ।

प्रतिक्रिया दिनुहोस्