नुवाकोटका विभिन्न विद्यालयका विद्यार्थीलाई सिटिजन लाइफका म्यानेजर पवन थापाले गरे सहयोग



शैक्षिक सामग्री पाउँदा हर्षित बालबालिकासंग तस्वीर खिचाउदै सहयोगी थापा

नुवाकोट,माघ २७ । नुवाकोटका विभिन्न विद्यालयका विद्यार्थीलाई सिटिजन लाइफ इन्स्योरेन्सका एजेन्सी म्यानेजर पवन थापाले सहयोग गरेका छन्। म्यानेजर थापाले मंगलबार नुवाकोट पञ्चकन्या गाउँपालिका वडा नम्बर ५ भद्रुटारका विभिन्न विद्यालयका विद्यार्थीलाई अत्यावश्यक शैक्षिक सामग्री वितरण गरेका हुन।

नेपाल विद्यार्थी संघका लोकप्रिय विद्यार्थी नेताका रुपमा समेत परिचित थापाले भद्रुटारको बच्छला माध्यमिक विद्यालय, दुप्चेश्वर आधारभूत विद्यालय, नामरुङ आधारभूत विद्यालय र भेडाबारी माध्यमिक विद्यालयका विद्यार्थीलाई अत्यावश्यक शैक्षिक सामग्री कापीकलम,क्याल्कुलेटर, जोमेट्री बकस लगायत अभ्यास पुस्तकहरु समेत प्रदान गरेका छन्।

शैक्षिक सामग्री वितरण समारोहमा सहभागी अतिथिका साथमा

भेडाबारी माध्यमिक विद्यालयमा भएको कार्यक्रममा म्यानेजर थापाले उक्त विद्यालयमा अध्ययनरत विद्यार्थीमध्ये उत्कृष्ट विद्यार्थीहरुलाई प्रोत्साहन पुरस्कार समेत वितरण गरेका छन्। सो कार्यक्रममा पञ्चकन्या गाउँपालिका वडा नम्बर ५ का अध्यक्ष डिल्लीबहादुर थापा ( मदु), नेपाली काङ्ग्रेसका रामेश्वर थापा र नेकपाका श्रीकृष्ण खतिवडा, काङ्ग्रेसका नेता गणेश सिटौला, अर्जुन गिरी लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा बोल्दै सहयोगी मनका थापाले यस क्षेत्रका विद्यार्थीलाई थोरै भएपनि शैक्षिक विकासमा सहयोग गर्न पाउदा आफू हर्षित भएको बताए।

थापाले भद्रुटारको नामरुङ आधारभूत विद्यालयका २४ जना, दुप्चेश्वर आधारभूत विद्यालयका २५ जना, भेडाबारी माध्यमिक विद्यालयका १०६ जना र बच्छला माध्यमिक विद्यालयका १५० जना विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान गरेका थिए ।

कार्यक्रम सहभागी नेपाली काङ्ग्रेसका रामेश्वर थापा शैक्षिक सामग्री वितरण गर्दै

प्रतिक्रिया दिनुहोस्