सोनाम ल्होसारको अवसरमा समुन्द्रादेवीको भञ्ज्याङ् थोकमा बृहत साँस्कृतिक कार्यक्रम



नुवाकोट,माघ २७ । सोनाम ल्होसारको अवसरमा शिवपुरी गाउँपालिका वडा नम्बर ६, समुन्द्रादेवीस्थित  भञ्ज्याङ् थोकमा बृहत सास्कृतिक कार्यक्रमको आयोजना गरिएको छ।

तामाङ समुदायको साँस्कृतिक पर्व २८५७ औँ लाङ ल्हो (गाई वर्ग) सोनाम ल्होछारको अवसरमा समुन्द्रादेवीमा ल्होछार विशेष वृहत सास्कृतिक कार्यक्रम हुने भएको हो। यही माघ ३० गते शिवपुरी गाउँपालिका वडा नम्बर ६ को तामाङ एकता समाजको आयोजनामा समुन्द्रादेवीको भञ्ज्याङ् थोकमा साँस्कृतिक कार्यक्रमको आयोजना गर्न लागिएको वडा नम्बर ६ का वडा अध्यक्ष लालबहादुर तामाङले बताए ।

साँस्कृतिक कार्यक्रममा तामाङको भेषभुषा, सँस्कृति र मौलिक खानाको प्रदर्शन गरिनुकासाथै लामा झाँक्रीहरुको विशेष प्रस्तुति पनि रहने अध्यक्ष तामाङले बताए । उत्कृष्ट कार्यक्रमका रुपमा आयोजना गर्न लागिएको उक्त साँस्कृतिक मेलामा राष्ट्रिय तथा स्थानीय कलाकारले मनोरञ्जन दिइने छन ।

कार्यक्रममा लोकदोहोरी क्षेत्रमा ख्यातिप्राप्त कलाकार गायक उद्दब कार्की,रामहरि भण्डारी, रबिन लामिछाने, बलबहादुर वाइबा, मिना लामा, प्रनिल तामाङ लगायत कलाकारको प्रस्तुति रहनेछ । कार्यक्रमलाई वृहतरुपमा संचालन गर्नका लागि अध्यक्ष तामाङको संयोजकत्वमा २५ सदस्यीय ल्होछार विशेष बृहत साँस्कृतिक कार्यक्रम मूल आयोजक समिति पनि गठन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्