बैशाखमा हुने निर्वाचनमा प्रचण्ड–नेपाल समूहले भाग नलिने



काठमाडौ,माघ २७ । बैशाखमा निर्वाचन गर्नेगरि तयारी भइरहेको भन्दै उक्त निर्वाचनमा आफुहरुले भाग नलिने नेकपाका अध्यक्ष प्रचण्डले स्पष्ट पारेका छन् ।

अदालतबाट विघटित प्रतिनिधीसभा व्युँतने विस्वास रहेको भन्दै उनले त्यस्तो अवस्थामा निर्वाचनको चर्चा नहुने बताए ।

‘अदालत र निर्वाचन आयोगमा सेटिङ छ भन्ने सुनिन्छ, यदि त्यस्तो हो र प्रतिनिधिसभा विघटनलाई अदालतले सदर गर्याे भने त्यसपछि हुने निर्वाचनमा भाग लिन सकिदैन,’ प्रचण्डले भने

विदेशी मिडियाका पत्रकारहरुसंग कुरा गर्दै मंगलबार उनले यस्तो बताएका हुन् ।

प्रतिक्रिया दिनुहोस्