स्कुटर दुर्घटनामा कलाकार पूजा गहतराजको मृत्यु



बुटवल,माघ २७ । रुपन्देहीको तिलोत्तमामा भएको सवारी दुर्घटनामा परि कलाकार पुजा गहतराजको मृत्यु भएको छ । बुटवल भैरहवा सिद्धार्थ राजमार्गको ड्राइभरटोल नजिकै बसको ठक्करबाट स्कुटरमा सवार पूजाको मृत्यु भएको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ । उनको घर बुटवल चाँदबारी भएको खुलेको छ ।

ठक्कर दिने बसलाइ इलाका प्रहरी कार्यालयले नियन्त्रणमा लिएको छ । घटनाबारे थप बिबरण आउन बाँकी छ । प्रहरीले घटनाबारे अनुसन्धान थालेको जनाएको छ । २६ बर्षिया पूजा गहतराज नृत्यङ्गना,नृत्य प्रशिक्षक साथै लुम्बिनी नृत्य कलाकर्मी संघ लुम्बिनी प्रदेशकी सदस्य समेत रहेकाे कलाकार किशाेर थापा मगरले जानकारी दिए ।

उनको निधनपछि कलाकाहरुले सामाजिक सञ्जाल मार्फत मृतआत्माको चिरशान्तीको कामना गर्दै शोक सन्तप्त परिवारजनमा गहिरो समबेदना ब्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्