सुनको भाउ बढ्यो, प्रतितोला कति?



काठमाडौ,माघ २७ । मंगलबार नेपाली बजारमा सुनको भाउ तोलामा १५ सय रुपैयाँले बढेको छ ।

सोमबार छापावाला सुन प्रतितोला ९० हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो भने मंगलबार प्रतितोला ९१ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यसैगरी बजारमा तेजावी सुन प्रतितोला ९१ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

मंगलबार नेपाली बजारमा प्रतितोला चाँदी १ हजार ३ सय ४० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचँदी व्यवसायी महासंघले जनाएको छ । मगंलबार चाँदी प्रतितोला १ हजार ३ सय १५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस्