ल्होसारको देशभर सार्वजनिक विदा



काठमाडौ,माघ २७ । सरकारले सोनाम ल्होसारको अवसरमा देशभर सार्वजनिक विदा दिने निर्णय गरेको छ ।

नेपाल तामाङ घेदुङले यसअघि नै ल्होसारको सार्वजनिक विदाको माग गरेको थियो।

नेपाल तामाङ घेदुङको विशेष आग्रहलाई स्वीकार गर्दै साेमबार बसेको मन्त्रीपरिषद्काे बैठकले तामाङ समुदायको राष्ट्रिय पर्व सोनाम ल्होछार -२८५७ (लाङ/म्हे ल्हो) काे  अवसरका शुक्रबार सार्वजनिक विदा दिने निर्णय गरेको हो ।

प्रतिक्रिया दिनुहोस्