मंगलबार साधारणतया मौसम सफा रहने



काठमाडौ,माघ २७ । नेपालमा पछिल्लो समय भारतको राजस्थान र आसपास क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेकाले देशको पूर्वी पहाडी भूभागका साथै पश्चिमी पहाडी भूभागका थोरै स्थानहरुमा आंशिक बदलीको अवस्था रहेको र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेने मौसम तथा पूर्वानुमान महाशाखाले जनाएको छ ।

मंगलवार दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भूभागमा आँशिक बदली रही बाँकी स्थानहरुमा मौसम सामान्यतया सफा रहनेछ ।

राती सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भूभागमा आँशिक बदली रही बाँकी स्थानहरुमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्