ककनी गाउँपालिकाले दियो २९ र ३० गते सार्वजनिक विदा



नुवाकोट, माघ २६ । जिल्लाको ककनी गाउँपालिकाले यही माघ २९ र ३० गते सार्वजनिक विदा दिएको छ। गाउँपालिकाले सोनाम ल्होछारको उपलक्ष्यमा उक्त दुई दिन सार्वजनिक विदा दिने निर्णय गरेको हो।

सोमबार गाउँपालिकाद्वारा प्रकाशित एक सूचनामा गाउँपालिकाको सेवा क्षेत्रमा बहुसंख्यक नागरिकले सोनाम ल्होछार मनाउने हुँदा दुई दिन सार्वजनिक विदा दिने निर्णय गरिएको उल्लेख छ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेन्द्रबहादुर नेपालद्वारा हस्ताक्षरित सूचनामा माघ २९ र ३० गते दुई दिन अत्यावश्यक बाहेक कर कार्यालय,शिक्षण संस्था सबै बन्द रहने जनाइएको छ।

ककनी गाउँपालिकाद्वारा प्रकाशित सूचना

प्रतिक्रिया दिनुहोस्