नुवाकोटको छहरेमा ऐतिहासिक महोत्सवको तयारी पूरा



सोमबार आयोजित पत्रकार सम्मेलनमा सहभागीहरु

नुवाकोट, माघ २६ । नुवाकोटको लिखु गाउँपालिकास्थित छहरे बजारमा ऐतिहासिक महोत्सवको तयारी पुरा भएको छ। महोत्सव समग्र नुवाकोट जिल्लाको पर्यटकीय विकास, आन्तरिक व्यापार, लोक कला संस्कृति संरक्षण तथा प्रवर्द्धनका लागि महोत्सवको तयारी गरिएको कार्यक्रम संयोजक सानु केसीले बताए।

सोमबार महोत्सव स्थान लिखु गाउँपालिका ६ थान्सिङमा पत्रकार सम्मेलन गर्दै आयोजकले महोत्सव तयारी पुरा भएको जानकारी दिए। पत्रकार सम्मेलनमा लिखु गाउँपालिकाका अध्यक्ष ध्रुव श्रेष्ठ, नुवाकोट उद्योग बाणिज्य संघ नुवाकोटका अध्यक्ष ताराबहादुर कार्की लगायतको उपस्थिति रहेको थियोे । कार्यक्रममा वक्ताहरुले समग्र नुवाकोटको पहिचान र यस क्षेत्रको धार्मिक,पर्यटन तथा स्थानीय महत्त्वका विषयलाई महोत्सवले चिनाउने आशा गरिएको बताए ।

फागुन १४ देखि २२ गतेसम्म लाग्ने महोत्सवमा स्थानीय कृषि सामग्री,धार्मिक तथा पर्यटकीय स्थानको प्रचारप्रसार गरिनेछ। त्यस्तै स्थानीय झाकी,लाखे नाच, धामी नाच,धिमे नाच, लोक दोहोरी, खैचडी भजनको समेत मेलाको आकर्षण रहने श्रोतले जनाएको छ।

झण्डै २ लाख दर्शकले अवलोकन गर्ने अपेक्षा राखिएको उक्त महोत्सवमा स्थानीय तथा राष्ट्रिय कलाकारको प्रस्तुति समेत रहने बताइएको छ। लिखु गाउँपालिकाको सहयोगमा हुन गइरहेको महोत्सवलाई व्यवस्थापन भने ज्योति फिल्मले गरेको छ भने मिडिया पार्टनर साझापथ डटकम रहेको छ।

महोत्सवको नाम परिवर्तन गर्न माग

प्रथम ऐतिहासिक छहरे महोत्सवको नाम परिवर्तन गरि एतिहासिक प्रथम लिखु छहरे महोत्सव राख्न माग गरिएको छ ।

२०७७ फागुण १४ गते देखि २२ गते सम्म हुन लागेको महोत्सवको जानकारि दिन आयोजित पत्रकार सम्मेलनमा प्रथम ऐतिहासिक छहरे महोत्सवको नाम परिवर्तन गरि ऐतिहासिक प्रथम लिखु छहरे महोत्सव राख्न माग गरिएको हो । कार्यक्रममा लिखु अभियान्ता बिनोद पाठक लगाएतले नाम परिवर्तन गर्न आयोजक लाई सुझाव दिएका छन् । आयोजक टिमले नाम परिवर्तन गर्न आफुहरुको ध्यान गएको बताएका छन।लिखु गाउपालिकाका प्रमुख ध्रुव श्रेष्ठले प्रथम छहरे ऐतिहासिक महोत्सबले समग्र नुवाकोट जिल्लाको पर्यटकीय विकास तथा लिखुको लोक कला संस्कृतिको संरक्षण गर्नेे बताए ।

अध्यक्ष श्रेष्ठले पर्यटकिय बिकाश,लोक कला संरक्षणका साथै लिखुको कृषि पेशालाई बजारीकरण गर्न सहयोग पुग्ने भएकोले नै लिखु गाउँपालिकाले महोत्सवको आयोजना गरेको बताए ।

यस्तै कार्यक्रममा नुवाकोट उद्योग बाणिज्य संघका अध्यक्ष तारा बाहादुर कार्कीले महोत्सव गर्ने मात्र भनेर हुदैन गरिसकेपछि आयोजक टिमले ब्यवस्थापनमा बढी ध्यान दिनुपर्ने बताए ।

उनले छैठौ नुवाकोट महोत्सव लाई ईकिंत गर्दै ब्यवस्थापन पक्ष कमजोर हुदा पुरा महोत्सवनै खल्लो हुने बताए । कार्यक्रममा महोत्सवको संयोजक सेरबहादुर के.सी(सानु के.सी)ले महोत्सवको उदेश्य, महोत्सवका आर्कषणहरुको बारेमा जानकारी गराएका थिए ।महोत्सवमा समग्र आम्दानी तर्फ ४८ लाख ५० हजार र खर्च तर्फ ४७ लाख अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्