भागरथीलाई न्यायको माग गर्दै नुवाकोटमा प्रदर्शन



काठमाडौ,माघ २६। बलात्कारपछि हत्या गरिएको बैतडीकी भागरथी भट्टलाई न्यायको माग गर्दै नुवाकोटमा प्रदर्शन गरिएको छ । जिल्लाका विभिन्न विद्यालय क्याम्पसका विद्यार्थी तथा विभिन्न पेसा ब्यबसायमा आवद्ध युबाहरुको सकृयतामा प्रदर्शन गरिएको हो ।

बट्टारस्थित नुवाकोट आदर्श बहुमुखी क्याम्पसबाट निस्किएको र्याली सदरमुकाम बिदुरस्थित लोकतान्त्रिक चौतारोमा पुगेर कोणसभामा परिणत गरिएको थियो ।

र्यालीमा सहभागी युबा बिद्यार्थिले भागिरथीलाई न्याय दे, बलात्कारिलाइ फाँसी दे, कानुनी राज्य स्थापना गर लगायत नारा लगाउदै प्ले कार्ड बोकि प्रदर्शन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्