बारामा ४८ वर्षीया महिलाको हत्या



बारा,माघ २६ । महागढीमाई नगरपालिका-१ की ४८ वर्षीया एक महिलाको घरभित्रै हत्या भएको छ ।

प्रहरीका अनुसार कान्तिदेवी कुशवाहको आइतबार राति हत्या भएको हो । उनका श्रीमान खाना खाएर घर बाहिर निस्किएका बेला श्रीमतीको हत्या भएकाे उनले प्रहरीसमक्ष बताएका छन् ।

जनकपुरस्थित प्रादेशिक प्रहरी कार्यालयबाट विशेष तालिमप्राप्त कुकुर ल्याएर अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएकाे छ ।

प्रतिक्रिया दिनुहोस्