भारतको उत्तराखण्डमा हिमताल फुट्दा १५० कामदार बेपत्ता



काठमाडौं,माघ २५ । भारतको उत्तराखण्डस्थित चमोलीमा हिमताल फुटेको छ। उक्त क्षेत्रमा रहेको नन्दादेवी हिमताल फुटेसँगै अलकनन्दा नदीमा पानीको बहाब बढ्न गई बाढी गएको छ । भारतीय समाचार एजेन्सी पीटीआईका अनुसार हिमताल फुट्दा भारतको अलकनन्दा नदीमा चलिरहेको ऋषिगंगा प्रोजेक्टमा काम गरिरहेका १५० कामदार बेपत्ता भएका छन ।

पानीको बहाब बढेसंगै नदीको तटीय क्षेत्रका मानिसहरुलाई सजग तथा सुरक्षित रहन आग्रह गरेको छ । ऋषिगंगा परियोजनाको सुरुङमा फसेका ५० कामदारहरुको मृत्यु भएको आशंका गरिएको इन्डियन एक्सप्रेसले जनाएको छ । १३.२ मेगावाटको यो जलविद्युत् परियोजनाको लागि बनाइएको ड्याम पनि बाढीले बगाएको छ । अहिलेसम्म सुरुङमा फसेका तीनजनाको शव निकालिएको छ ।

उत्तराखण्डका मुख्यमन्त्री त्रिवेन्द्र सिंह रावत पनि हिमताल फुटेको क्षेत्रमा पुगेका छन् । भारतीय प्रहरीले अहिले बिस्तारै नदीको वहाब सामान्य बन्दै गएको भन्दै तल्लो क्षेत्रमा रहेका मानिसहरुलाई खतरा नरहेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्