युट्युवमा राम्रो गरेका चार जनालाई ओट्जा अवार्ड



अवार्ड हस्तान्तरण समारोहमा उपस्थित भाग्य न्यौपाने,कृष्ण कडेललगायत

काठमाडौँ,माघ २५ । युट्युवमा राम्रो काम गरेका चार जनलाई अनलाइन टीभी पत्रकार संघले अवार्ड प्रदान गरेको छ ।

प्रथम ओट्जा इन्टरटेनमेन्ट अवार्ड पाउनेमा इन्द्रेणी अनलाइन टीभीका कृष्ण कंडेल रहेका छन् भने तात्तातो खबर अनलाइन टिभिका भाग्य न्यौपानेलाई प्रथम ओट्जा पपुलर अवार्ड प्रदान गरिएको छ ।

त्यसैगरी हेर्ने कथा अनलाइन टीभीकी विद्या चापागाईलाई ‘ओट्जा इस्यू अवार्ड’ तथा क्यानडा नेपाल अनलाइन टीभीका रौनक निरौलालाई ‘प्रथम ओट्जा इथिकल अवार्ड’ दिइएको छ ।

संघको पहिलो वार्षिकोत्सवको अवसरमा अरु केही अनलाइन टीभी पत्रकारहरुलाई राम्रो काम गरेको र अझ राम्रो काम गर्न प्रोत्साहनका लागि भन्दै प्रशंसापत्र पनि प्रदान गरिएको संघका अध्यक्ष जीवन भण्डारीले जानकारी दिए ।

प्रशंसा पत्र पाउनेहरुमा सुनौलो नेपाल अनलाइन टीभीका मोहनराज शर्मा, सप्तरंगी संसार अनलाइन टीभीका रेशम बोहरा, नयाँ नयाँ न्युज नेपाल अनलाइन टीभीका शिशिर भण्डारी, नेपाल अपडेट अनलाइन टीभीका मोहन बस्नेत, रमाइलो छ टीभीका उत्सव रसाइली लगायत रहेका छन् ।

अन्डरफाइन्ड कार्यक्रममा पूर्वमन्त्री तथा नेपाल प्राध्यापक संघका पूर्व अध्यक्ष भीमसेनदान प्रदान, नेपाल प्रेस युनियनका महासचिव अजयबाबु शिवाकोटी, संचारकर्मी रवि लामिछाने, डा. सुरेन्द्र केसी लगायतले प्रभावकारी प्रचार माध्यम भए पनि अनलाइन टीभी क्षेत्रलाई सुद्धीकरण र सुदृढीकरण गर्न संघले खेलेको भूमिका प्रशंसनीय रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्