सत्ता पक्षकै सांसदको अवरोधले प्रदेश १ को बैठक स्थगित



माघ २५ विराटनगर । प्रदेश १ को प्रदेशसभा बैठक सुरु भएलगत्तै फागुन ९ गतेसम्मका लागि संसद बैठक स्थगित भएको छ । प्रदेशसभामा प्रदेश १ का मुख्यमन्त्री शेरधन राईका विरुद्धमा अविश्वासको प्रस्ताव पेश गर्ने कार्यसूची तय भएको थियो ।

उक्त कार्यसूची अनुसार सदन सुरु भएको थियो । यद्यपि सदनमा राष्ट्रिय गान सकिएपछि सत्तापक्षका सांसदहरुले उठेर विरोध जनाए । मुख्यमन्त्री शेरधन राईले दलको नेताको हैसियतमा निलम्बन गर्नुभएका सांसदहरुलाई प्रवेश दिन नहुने भन्दै सदन चल्न नसक्ने उनीहरुको भनाइ थियो ।

सभामुख प्रदीपकुमार भण्डारीले दुई पटक बस्न आग्रह गरेका भएपनि नबसेपछि आजको संसद स्थगित गर्दै संसदको अर्को बैठक आगामि फागुन ९ गते बस्ने घोषणा गरेका थिए ।

संसद बैठक स्थगित भएपछि प्रतिक्रिया दिँदै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता राजिव कोइरालाले सभामुख भण्डारी र सरकारबीचको अवैध साँठगाँठ र सेटिङका कारण सदन बन्धक बनेको बताए । उनले इतिहासमा काही नभएको संसदीय अभ्यास प्रदेश १ मा गर्न खोजिएको भन्दै आपत्ती समेत जनाए।

प्रतिक्रिया दिनुहोस्