पञ्चकन्या भद्रुटारको एकल महिलाको भेला फागुन २ गते



नुवाकोट,माघ २५ । पञ्चकन्या गाउँपालिका वडा नम्बर ५ भद्रुटारको एकल महिलाको भेला फागुन २ गते हुने भएको छ। आइतबार प्रकाशित वडा नम्बर ५ का वडा अध्यक्ष डिल्लीबहादुर थापाद्वारा हस्ताक्षरित सूचना मार्फत उक्त जानकारी गराइएको हो।

वडा नम्बर ५ सेवा क्षेत्रका ६० वर्ष मुनि उमेर समूहका एकल महिलालाई सशक्तीकरण गराउने उदेश्यका साथ भेला आयोजना गरिएको वडा कार्यालयले जनाएको छ।भेलाले वडा क्षेत्रमा रहेका एकल महिलाको लगत संकलन समेत गर्नेछ।

एकल महिला भेला सम्बन्धि सूचना

त्यस्तै ५ नम्बर वडा कार्यालयले अर्को एक सूचना सार्वजनिक गर्दै भूकम्प लाभाग्राहीमा परेका,पहिलो किस्ता रकम लिएका तर घर नबनाउनेलाई तत्काल दोस्रो प्रक्रिया सुचारु गर्न अनुरोध गरेको छ।

सूचनालाई वेवास्ता गर्ने लाभग्राहीले बाकी दिनको अप्ठ्यारा आफैले व्यहोर्नुपर्ने समेत वडा कार्यालयले सचेत गराएको छ।

भूकम्प लाभग्राहीलाई वडा नम्बर ५ को सूचना

प्रतिक्रिया दिनुहोस्